काठमाडौं ।। नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।
दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
यससँगै जनकपुरले एनपीएलको फाइनलमा सुदूरपश्चिमविरुद्ध भिडन्त पक्का गरेको छ । शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर प्रतिस्पर्धा गर्नेछन् ।
टस जितेर ११९ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले संघर्षपूर्ण जित निकालेको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।