काठमाडौं ।। नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि ८ विकेटको  शानदार जित हात पारेको छ। टस जितेर ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।
जनकपुरका लागि जिमी निसम ४५, शुभ कंसकार २६, लाहिरू मालिन्था र हर्ष ठाकर १२, कप्तान आशिफ शेख र अरनिको यादव ११, मोहम्मद महसिन र शेर मल्लले समान ३ रन बनाएका थिए ।
विनोद भण्डारी  र कप्तान दिपेन्द्रसि्ह ऐरी क्रमश ५८ र २० रनमा अविजित रहँदै १८.३ ओभरमा १४१ रन बनाउँदै जित आफ्नो पक्षमा पारेका हुन् ।
सुदूरका लागि सैफ जेवले ३२, ब्राण्डन म्याकमुलेन २५ रन बनाएर आउट भए । जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक विकेट लिए ।
सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले तीन,  सैफ जेव दुई, स्कट कुग्गेलेजिन र अविनास बोहरा समान एक विकेट लिए ।जनकपुर अब कर्णाली याक्ससँग पुन खेलेर फाइनल प्रवेशका लागि कसरत गर्नुपर्ने देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here