महेन्द्रनगर ।। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली विकास कोषको निर्माणाधीन भवनको विहिवार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा निर्माणाधीन भवनस्थल जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल पुगेका मुख्यमन्त्री सिँहसँगै कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोदचौधरीलगायत सहभागी थिए । प्रदेश सरकारको सात करोड लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माणाधीन भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहने जनाइएको छ । कोषले दुई वर्षको अन्तरमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ । कोषले गत तीन वर्षयता मासिक कथा एवं कवि गोष्ठी आयोजना गरिरहेको छ । मैथिली भाषा एवं साहित्यसँग सम्बन्धित १० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीराजदेवीकाे अढाइ सय परिवारलाइ राहत
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here