राैतहट ।। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर ४ का वड़ा अध्यक्ष अश्विनी यादव भन्ने चेतन यादवले नेपाली कांग्रेसको यमुनामाई गाउँपालिका कार्यालय अन्यत्र लैजाने योजना कुनै पनि हालत सफल हुन नदिन बताएका छन ! बड़ा दशैंको अवसरमा वड़ा कार्यालयको आयोजनामा भएको शुभकामना आदान प्रदान तथा वड़ा स्तरीय वड़ा कार्यालय सम्वन्धी छलफल कार्यक्रममा सम्वोधन गर्दै वड़ा अध्यक्ष यादवले गाउँपालिका कार्यालयको भवन निर्माणको लागि जग्गा खरीद नगरे सम्म वड़ा कार्यालय नसार्ने बताए !
नेपाली कांग्रेस वड़ा नम्बर ४ वड़ा कार्य समितिले वड़ा कार्यालय सार्नु पर्ने मांग राख्दै असोज १० गते देखि गरेको रिले अनसन प्रति लक्षित गर्दै आन्दोलन गाउँपालिका कार्यालय नै अन्यंत्र लैजाने सडयंत्र स्वरुप आन्दोलन गरिएको टिपण्णी गरे ! कांग्रेसका कार्यकर्त्ताले १० गते देखि शुरू गरेको रिले अनसन २२ गते गाउँपालिका अध्यक्ष मोहम्मद सऊद संग समझौता गरी समाप्त गरेको छ ! वड़ा कार्यालयको भवनमा गाउँपालिका कार्यालय सञ्चालन रहेको र वड़ा कार्यालय वड़ा अध्यक्ष यादवको घरमा तत्काल सञ्चालन रहेको छ ! गाउँपालिका कार्यालय संचालन रहेको भवनमा कोठा आभाव रहेकोले त्यहा वड़ा कार्यालय लगे गाउँपालिका कार्यालय नै अन्य ठाउमा सार्नु पर्ने अवस्था सृजना हुने भएकोले त्यस्तो योजना कुनै पनि हालतमा सफल हुन नदिन अठोट वड़ा अध्यक्ष यादवको रहेको छ !
नेपाली कांग्रेस भ्रस्टाचारीको संरक्षण गर्ने पार्टी रहेको आरोप लगाउदै बर्षौ देखि शासन गरेका कांग्रेसले सरुअठा विकास गर्न नसकेको र नेकपा माओवादी केन्द्रको तर्फबाट आफु निर्वाचित भएपछि जनताको चाहना अनुसार काम गर्दै आएकोले विपक्षीलाइ अपच भएको जिकिर गरे ! वड़ा अध्यक्ष यादवले भने गाउँपालिकाको भवन निर्माणको लागि कांग्रेसले आवाज उठाउनु पर्नेमा वड़ा कार्यालय सार्नु पर्ने विषयमा आन्दोलनको नाउमा नौटंकी गरेको तीखो आलोचना गरे ! उहाले भने गाउँपालिका कार्यलयको लागि जग्गा खरीद गरेमा वड़ाको सम्पूर्ण जनतालाइ भोज खुवाएर वड़ा कार्यालय सार्ने छू तर जग्गा खरीद नगरे वड़ा कार्यालय हटाउँदैन जनता हाम्रो पक्षमा छ !
वड़ा कार्यालयबाट प्रबाह हुने सेवामा कुनै किसिमको विभेद नगरेको दावी गर्दै वड़ा कार्यालय सार्ने निर्णय गर्नेको विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ! असोज १२ गते आएको विनाशकारी बाढ़ीबाट पीड़ित भएका किसानको राहत क्षतिपूर्तिको लागि पहल गर्नुको सत्तो कांग्रेसले आन्दोलनको बहनामा जनताको काम प्रभावित पर्ने खेल गरिरहेको आरोप लगाए ! शुभकामना आदान प्रदान कार्यक्रममा वड़ा नम्बर १ का वड़ा अध्यक्ष नन्दलाल यादवले गाउँपालिका कार्यालय हटाउने खेलमा लागेका नेपाली कांग्रेसको विरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन ! कार्यक्रममा मंतव्य दिने व्यक्तिहरुले वड़ा कार्यालय कुनै पनि हालतमा जग्गा खरीद नभए सम्म सार्न नसकिने र हटाउन खोजिनेको विरुद्ध संघर्षमा जाने बताएका छन ! स्थानीयहरुले वड़ा अध्यक्ष यादवले विकास निर्माण देखि जनताको सेवा प्रबाहमा कुनै किसिमको कमीकमजोरी नगरेकोले यस्तो सड़यंत्रण गर्नेलाइ नछोड़ने धमकी समेत दिएका छन !












