काठमाडौं ।। श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सदन विघटन गरेका छन् । आइतबार मात्र राष्ट्रपति चयन भएर सोमबार शपथ लिएका अनुराले मङ्गलबार राति सदन विघटन गरेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ।
चुनाव ताकै अनुराले आफूले सदन विघटन गर्ने बताएका थिए । नयाँ जनादेश नबोक्ने भन्दै उनले यस्तो तर्क गरेका थिए। अनुराले नोभेम्बर १४ अर्थात् कार्तिक २९ मा सदनको चुनाव गर्ने घोषणा गरेका छन् ।
२२५ सदस्य श्रीलङ्काली सदनमा विघटन अगाडि अनुराको गठबन्धन सिट तीन थियो । मङ्गलबार अनुराले प्रधानमन्त्री तोकेका छन्। प्रधानमन्त्रीमा हरिनी अमरासुरियालाई चयन गरेका छन्। हरिनी २०२० मा सांसद भएकी थिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here