रौतहट ।। रौतहटको राजपुर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । वडा ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। बिहीवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेस्टको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट सेम्पल परीक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन्। २२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको राजपुरका आलमले बताएका छन् । ४ जना उपचारपछि घर फर्किसकेका उनले जानकारी दिएका छन् । प्रादेशिक अस्पताल गौरमा आरडिटी टेस्टबाट ६ जनामा पोजेटिभ देखिएको छ। उक्त टेस्ट सत प्रतिसत भरपर्दो नहुँदा सेम्पलको कल्चर गराउनका जनकपुरधाम पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक आलमले जानकारी दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here