जनकपुरधाम ।। मधेस प्रदेशको बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिकुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो । बैठकमा छलफलको क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिँदै उनले यसमा कुनै प्रकारले परिवर्तन नगरिएको बताए ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकार गठन हुँदा र बजेट बनाउदा थोरै समय पाएका कारण करको विषयमा समिक्षा समेत गर्न नपाएको बताए । मुख्यमन्त्री सिंहले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरुसंग परामर्श गरेर यस विषयमा छलफल गरेर नीति निर्माण गरेर अगाडि बढने बताए । उनले कृषि क्षेत्रको विकास गरेर मधेसको आम्दानी बढाउन सक्ने र आत्म निर्भर बनाउन सक्ने भएकाले यस तर्फ गम्भीर रहेको बताए ।
आर्थिक विधेयकमाथिको छलफलमा भाग लिदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनैपनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । यस्तै, प्रमोद यादवले नश्लवादी चिन्तन बोकेका पार्टीहरुले संघीयतालाई बदनाम गराउने प्रयास गरेको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here