काठमाडाैं ।। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको प्रदर्शनमा ६ जना घाइते भएका छन् । शनिवार दिउँसो काठमाडौंमा भएको झडपमा २ प्रहरीसहित ६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेमध्ये एक जना प्रहरीको अवस्था गम्भीर छ । उनको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र सिंहदरबारतर्फ मोडिएपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । त्यसपछि झडप भएको हो ।​
महतोको अगुवाइमा अभियानले यसअघि जनकपुर, मलंगवा, हटौंडा लगायतका स्थानमा प्रदर्शन गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here