काठमाडाैं ।। जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा. शरद सिंह यादवले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि (बुधबार) को प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । बैठकले नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने पनि निर्णय गरेको प्रवक्ता यादवले बताए । यसैगरी, सप्तरीमा गत ८ माघमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने पनि बैठकले निर्णय गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here