रौतहट ।। अब देश र देश भरीको पार्टीहरु लाई नेतृत्व र दिशा दिनको लागि पार्टी अध्यक्ष डा सिके राउतले नौलो गणतन्त्रकोे लागि अगाडि पाइला चाली सकेको जनमत युवा संघकोे राष्ट्रिय सँयोजक संजय यादबले बताएका छन् ।
सनिवार रौतहटको गौरमा आयोजित युवा भेटघाट एवं पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख आतिथ्यको आसनबाट सम्बोधन गर्दै संयोजक यादवले, अब सम्म नभएको परिवर्तन जनमत पार्टीकोे नेतृत्वमा हुन् गइरहेको बताए ।
युवा भेटघाट एवं पार्टी प्रवेश कार्यक्रम भव्यताकोे साथ संपन्न भएको छ । जनमत पार्टीमा प्रवेश गरेकाहरुलाई राष्ट्रिय सँयोजक संजय यादबले रौतहटका ११५ जना युवाहरु टीका माला लगाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रम युवा जनमत संघ रौतहट कोे संयोजक बिपिन यादव को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भन्ने कार्यक्रममा पार्टीका विभिन्न तह तप्काको नेताहरू शेख जम्सैद, रामेश्वर यादव, विकास यादव, युवा जनमत संघका प्रदेशका युवा नेता रीकी सिंह र बारा संयोजक विकास सिंह लगायत विभिन्न युवा नेताहरू को उपस्थिती थियो पार्टीले जनाएको छ ।
जनमतको नेतृत्वमा देशको दिसा तय हुन्छ :- सम्योजक यादव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।