सांकेतिक तस्विर

काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टीनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन २०८४ कुर्न नसक्ने अवस्था आउने बताएका हुन् । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । ‘देश अहिले अलि अप्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अप्ठ्यारो स्थितिबाट जोगाउनु पर्नेछ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ,’ उनले भने, ‘देश बर्बाद भयो भने मिसन ०८४ भनेर पर्खिएर हुँदैन । उस्तै पर्‍यो भने हामीले यो गठबन्धन भत्काएर भए पनि सरकार चलाउँछौँ ।’ अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । उनले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको भन्दै एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । अध्यक्ष ओलीले मिसन ८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन नेताहरू घाँटी मात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here