काठमाडौं ।। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले पुस्तकालय उद्घाटन गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउद र विदेशमन्त्री जयशंकरले संयुक्तरुपमा भारतीय सहयोगमा नव निर्मित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन उद्घाटन गरेका हुन् ।
उनले भूकम्पपछिको पुनर्निर्माणका अन्य आयोजनाको पनि संयु्क्त उद्घाटन गरेका छन्। भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थी अट्न सक्ने क्षमता छ। तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।
त्यसअघि उनले बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए। त्यस क्रममा विदेशमन्त्री जयशंकरले पशुपति परिसरमा रुद्राक्षको बिरुवा पनि रोपेका थिए ।
भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशंकरले उच्च राजनीतिक नेतृत्वसँग बिहीबार शिष्टाचार भेटवार्ता गरेका थिए ।
उनी आजै भारत फर्किने कार्यतालिका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here