राैतहटकाे राजदेवी नगरपालिकामा प्रा वि तर्फ आज नगरस्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । राैतहटकाे माध्यमिक विद्यालय ब्रह्मपुरीमा प्रा वि स्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे । राजदेवी नगरपालिकाकाे आयाेजनामा मा वि ब्रह्मपुरीमा सम्पन्न भएकाे साे कार्यक्रममा मा वि ब्रह्मपुरी प्रथम , मा वि हजमिनियाँ द्वितीय , मा वि वसतपुर तृतीय स्थान हासिल गर्न सफल भयाे ।
विजेता विद्यार्थी तथा विद्यालयलाई राजदेवी नगरपालिकाकाे नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राज कुमारी देवी साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले शुभकामना दिनु भयाे । मा वि हजमिनियाकाे सहायक प्रधानाध्यापक नरेश यादव तथा मा वि ब्रह्मुरीकाे सूचना अधिकारी राम विश्वास मुखियाले संयुक्तरूपमा सञ्चालन गर्नुभएको साे कार्यक्रममा नगर प्रमुख यादव , नगर उपप्रमुख साह र प्रमुख प्रसाशकीय अधिकृत कायस्थले मन्तव्य राख्नु भयाे ।
यस अघि नगरप्रमुख यादवले दिप प्रज्जवलीत गरी तथा माता सरस्वतीकी फाेटाेमा माल्यार्पण गर्दै प्रतियोगिताकाे शु-भारम्भ गर्नु भएकाे थियाे । मा वि ब्रह्मपुरीको शिक्षक फेकन राउतले स्वागत मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा मा वि ब्रह्मपुरीको छात्राहरूले स्वागत गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नगर प्रमुख यादवले नगरकाे शिक्षालाई सब्बल बनाउन पालिकाले अभियाननै थालेको बताउनु भयाे । विद्यार्थीमा रहेकाे प्रतिभा पहिचान गर्न तथा विद्यार्थीकाे चाैतर्फी विकास गर्न यस्ता कार्यक्रमले थप सहयाेग गर्ने बताउदै उहाँले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेकाे बताउनु भयाे ।
साेही कार्यालयलाई सम्बाेधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले विद्यार्थीभित्रकाे डर हटाउदै प्रतिभा पहिचानमा यसले सहयाेग गर्ने बताउनु भयाे । पालिकाकाे शैक्षिक गुणस्तर सुधारमा पालिका लागेकाे बताउदै वहाँले शैक्षिक सुधारका अलग अलग कार्यक्रम अन्तर्गत याे पनि एउटा रहेकाे बताउनुभयाे । यसले विद्यार्थीलाई भविष्यमा आयाेगका लागि सहयाेग पुर्याउन समेत बताउनु भयाे । मा वि ब्रह्मपुरीको प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा पालिकाभित्रका सबै २० वटै विद्यालयकाे प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरूकाे भव्य उपस्थिति रहेकाे थियाे । कार्यक्रममा सहभागी विद्यार्थीसहित उपस्थित हजारौं विद्यार्थी कार्यक्रमप्रति उत्साहित देखिन्थ्यो ।
राजदेवीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।