काठमाडौं ।। ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। मन्त्रीले प्रयोग गर्ने नम्बरप्लेट भएको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको हो।
कोरियन भाषा परीक्षा (ईपीएस)मार्फत कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरुले सडकमा डुङ्गामुढा गर्नुका साथै गाडीमा समेत आगजनी र तोडफोड गरेका हुन्। उक्त क्षेत्र अहिले तनावग्रस्त बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here