वीरगञ्ज ।। पर्साका एक युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका-२ थरकटी गाउँका ३० वर्षीय मनोज महतो उराँवको गएराति मृत्यु भएको हो। शौच गर्न घर नजिकैको जङ्गल छेउतिर निस्केका उनलाई बाघले आक्रमण गरेको थियो ।
अबेरसम्म घर नफर्केपछि स्थानीय बासिन्दाले खोजतलास गरेका थिए । गाउँदेखि २०० मिटरको दूरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थल अवलोकन गर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक राजाराम केशरीले बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।