रौतहट ।। लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्दार गरि परिवारको जिम्मा लगाइएको छ l रौतहट जिल्लाको दुर्गाभगवती, इशानाथ ,राजपुर लगायतका स्थानीय तहका ति बालकहरुलाई शनिवार अभिभावकको जिम्मा लगाइएको छ l जिल्ला प्रहरी कार्यालय गौरमा बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको हो l ति बालबालिकाहरुलाई बिगत करिब ४ महिना देखि भारतको मुम्बई मटुन्गामा रहेको बालगृहमा राखिएको थियो l उद्दार गरिएका बालकहरु १३ देखि १६ वर्षा उमेर सम्मका थिए l
बिभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरु बिभिन्न ब्याग फैक्ट्रीहरुमा काममा लगाइएको थियो l मुम्बई प्रहरीले ब्याग फैक्ट्रीमा छापामारी गर्दै ति बालकहरुको उदार गरेको थियो l उदार पछी ति बालकहरुलाई मुम्बईको मटुङ्गमा रहेको बाल गृहमा राखिएको थियो l १८ बर्ष उमेर नपुगे सम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनि रहेकोले प्रहरीले बिभिन्न कारखानाहरुमा तकार्यवाही गर्दै आएको छ l
नेपालका बालकहरु बाल गृहमा फसेको सुचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुको संयुक्त प्रयासमा ति बालकहरुलाई परिवारको जिम्मा लगाइएको छ l ग्रामिण बिकाश केन्द्र नेपाल गौर , सामुदायिक बिकाश तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद, र जिल्ला स्थितका सरकारी निकायहरुको समन्वयमा ति बालकहरुको उदार गरिएको हो l
उदारको क्रममा मुम्बई पुगेकी ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटका कोषाध्यक्ष ममता झाले बालकहरुलाई परिवारको जीमा लगाउन पाउदा निकै खुसि लागेको बताइन l उनले “ अझै पनि कयौ नेपालि बालकहरु भारतको बिभिन्न बालगृहमा रहेकोले पारिवारिक पुनर मिलनको लागि सबैको प्रयास आवस्यक देखिएको बताइन ” l आफ्नो छोरा पाउदा स्थानीय दुर्गाभागावती गाउपालिका वार्ड ३ मत्सरिका प्रमोद राउत अब उप्रान्त आफ्नो छोरालाई बिधालयमा भर्ना गर्ने बताए l

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here