काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्व गृहमन्त्री बालकृष्ण खाणको हकमा उच्च अदालत पाटनले गरेको आदेशको फाइल काठमाडौं जिल्ला अदालत पठाइने भएको छ ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको थुनछेक आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई ३० लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो ।
उच्च अदालतको आदेशानुसार ३० लाख धरौटी बुझाए खाण रिहा हुने भए पनि प्रहरीले भने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत देश पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गर्दै भ्रष्टाचार गरेको र अवैध रुपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्दै प्रहरीले उनलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको हो ।
अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले यसअघि नै खाणलाई उपस्थित गराउन भन्दै कारागार कार्यालयलाई पत्राचार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here