सर्लाही ।। सर्लाहीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका ५ धनगढामा करेन्ट लागेर स्थानीय पन्ची रायकी श्रीमती ८० वर्षीया बिल्टी देवी यादवको मृत्यु भएको प्रहरीले जनाएका छन् । शनिबार साँझ बोर्डिङ स्कुलमा जोडिएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर वृद्धाको मृत्यु भएको प्रहरीले जनाएका छन् । चुँडिएर कालो टेप लगाइएको तार पुनः चुँडिएको र त्यही तारमा छुँदा उनको मृत्यु भएको हो । मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको सर्लाही प्रहरीले जनाएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।