बारा ।। एमबुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई गाँजासहित प्रहरीले बाराबाट पक्राउ गरेको छ। प्रहरीले भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारत, जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्ने ३२ वर्षीय रामविश्वास पासवान रहेको बाराका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए ।
पासवानको साथबाट साढे दुई किलो गाँजासमेत बरामद गरिएको उनले बताए। पक्राउ परेका पासवानलाई एम्बुलेन्ससहित प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको काफ्लेले बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।