जनकपुरधाम ।। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण निरीक्षण गर्नुभएको छ । प्रयोगशालाले प्रदान गरेको सेवाप्रवाहबारे चासो लिँदै मुख्यमन्त्री यादव सेवाग्राहीसित सेवा प्रवाहबारे जानकारीसमेत लिए । एउटामात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गरेको गुनासोप्रति गम्भीर हुँदै मुख्यमन्त्री यादवले काउण्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिए । सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितोका लागि मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । प्रदेश सरकारको लगानीमा संचालित यस प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्दै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here