जनकपुरधाम ।। नेकपा एमालेको मधेश प्रदेश प्रथम अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै छ । प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेपनि फरक फरक दुई समुहले अध्यक्ष दाबी गर्ने आन्तरिक तयारी गरेको छ । प्रदेश अध्यक्षमा एमाले सचिव रघुविर महासेठ र नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले आफनो उम्मेदवार अगाडि बढाउने तयारी गरेको एमाले नेताहरु बताउँछन् । दुवै गुट खुलेर आएको छैन तर आन्तरिक तयारी गरेको छ, एमालेका एक नेताले भने, ‘महासेठको तर्फबाट सर्लाही अध्यक्ष राजनरायण साह, यादवको तर्फबाट चन्देश्वर मण्डल र लक्ष्मि यादव अध्यक्षको तयारी गरेको छ ।’ अन्तिम समयसम्म सर्वसहमतकै पहल हुने नेताहरु बताउँछन् ।
एमाले मधेश प्रदेशको अध्यक्षकालागि सर्लाहीका रेवती पन्तले पनि तयारी गरेका थिए । पन्तविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाले पनि पछि हटेका छन् । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा आजदेखि अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले आज दिउँसो गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । अधिवेशनको लागि मञ्च, पण्डाल, आवाश तथा अतिथिको लागि आवास लगायतको व्यवस्थापनसहित म्पूर्ण तायरी पुरा उनले जानकारी दिए । अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली सहितको शीर्ष नेता जनकपुर आउने छ । २३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here