सुर्खेत ।। एमालेको कर्णाली प्रदेश अध्यक्ष लागि भएको निर्वाचनको मत परिमाणअनुसार गुलावजंग शाहको सुरुवाती अग्रता लिएका छन् ।
एक सय मत गणना हुँदा शाहले ५२ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ र प्रकाश रोकायाले २ मत मात्रै पाएका छन् । शाहीलाई अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको बताइएको थियो । तर, स्थानीयस्तरमा भने गुलावजंग लोकप्रिय छन् ।अधिवेशनको मतगणना स्थलमा तोडफोड भएको छ। तोडफोड हुँदा वीरेन्द्रनगरस्थित सिटीहलको सिसाहरू फुटेका छन्।
विधार्थीहरू नेताहरूको समूहले निर्वाचन समिति लाचार भएको भन्दै तोडफोड गरेका हुन्। तोडफोड भएपछि केही समय मतगणना स्थलमा तनाव सिर्जना भएको थियो भने मतगणना पनि प्रभावित भएको थियो।
हाल भने मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।