नयाँ दिल्ली ।। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्सीहरूको हात रहेको आरोप लगाएका छन्। यस्तो आरोप लगाउँदै क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । त्यसपछि भारतले क्यानडाका उच्चायुक्त क्यामरुन म्याकेलाई विदेश मन्त्रालयको मुख्यालयमा बोलाएर ५ दिनकाे समय दिएर देश निकाला गरेको हो । यसअघि, भारत सरकारले क्यानाडाली प्रधानमन्त्रीको आरोपलाई हेरेका छौँ र अस्वीकार गरेका छौँ ।’
प्रतिबन्धित खालिस्तान टाइगर फोर्सका प्रमुख र भारतको मोस्ट वान्टेड आतंकवादी हरदीप सिंह निज्जरको पश्चिमी क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त सरेको गुरुद्वारा बाहिर जुन १८ मा दुई अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए। ट्रुडोले सोमबार संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ लाई सम्बोधन गर्दै भने, ‘क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता रहेकाे गम्भीर आरोपमा क्यानाडाली सुरक्षा एजेन्सीहरूले सक्रिय रूपमा अनुसन्धान गरिरहेका छन्। ‘
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘क्यानडामा हुने कुनै पनि हिंसात्मक कार्यमा भारतको संलग्नताको आरोप बेतुका र आधारहीन छ। क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीसँगको कुराकानीमा पनि यस्तै आरोप लगाएका थिए, जसलाई ठाडै अस्वीकार गरिएको थियो । साथै, विदेश मन्त्रालयले भारत एक लोकतान्त्रिक देश हो, जो विधिको शासनप्रति प्रतिबद्ध रहेको बताएको छ।
ट्रुडोले सांसदहरूलाई भने कि क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता “अस्वीकार्य र हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन” हो। उनले भने, ‘यो स्वतन्त्र, खुला र लोकतान्त्रिक समाजको आचरण निर्धारण गर्ने आधारभूत नियमविपरीत हो।’
क्यानडाका प्रधानमन्त्रीले नयाँ दिल्लीमा भएको G20 शिखर सम्मेलनको छेउमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा यो मुद्दा उठाएको बताए। ट्रुडोले भारत सरकारलाई “यस मुद्दाको तलसम्म पुग्न क्यानाडालाई सहयोग गर्न” आग्रह गरे।





