विराटनगर ।। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् ।
चार दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् ।
भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here