काठमाडाैं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुन सक्ने संकेत गरेका छन्।
शनिबार एकीकृत ट्रेड युनियन महासंघको कार्यक्रममा अध्यक्ष नेपालले कोशी प्रदेशमा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका हुन्। उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे।
‘अब विकल्प कि मिलेर जानु ,कि अरुलाई साथ दिनु कि त चुनावमा जानु हो। हामीलाई त फरक पर्ने वाला छैन। किन भने हाम्रो साथिहरुको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ।’उनले भने,‘अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वासमा छौँ। अरु पार्टीहरुको सातो गएको छ। यत्रो ठूलो सङख्या छ। अर्को पटक त २० भन्दा बड्दैन् भनेर डराएका छन् ।’ उनले आफूहरु भ्रष्ट नभएको भन्दै कसैले औँला उठाउँदैमा आत्तिन नपर्ने टिप्पणी गरे । कोशी प्रदेशमा शुक्रबार मात्रै एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here