जनकपुर ।। मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुलुकमा सुशासनको सुनिश्चितताका लागि विधि र कानुन अपरिहार्य रहेको बताएका छन्।
मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘बार एशोसिएसनसँग मधेस प्रदेश सरकारले बनाएका कानुनसम्बन्धी अन्तरक्रियाको उद्घाटन गर्दै प्रमुख मिश्रले कानुनी राज्यले नै सभ्य समाजको दिशाबोध दिने उल्लेख गरे ।
‘निश्चित विधि, कानुन र त्यसको कार्यान्वयनको सुनिश्चितताबिना कुनै पनि समाज सुरक्षित र मर्यादित हुन सक्दैन’, उनले भने, ‘लोकतान्त्रिक पद्धतिका लागि यो अपरिहार्य छ ।’ विधिको शासनले नै सभ्य समाज बन्ने पक्ष सबैले हृदयाङ्म गर्न आवश्यक रहेको मिश्रको भनाइ छ । कार्यक्रममा मधेस प्रदेश सरकार बनेयता हालसम्म ५५ ऐन जारी भएको जानकारी दिइएको छ । कानुनी व्यवस्था र यसको कार्यान्वयनको पाटोबारे निरन्तर अध्ययन, छलफल र समीक्षा आवश्यक रहेको प्रदेश प्रमुख मिश्रले औँल्याए ।
कानुनी राज्यले नै सभ्य समाज बन्नछ – प्रदेश प्रमुख मिश्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।