विराटनगर । सोलुखुम्बुको लाम्जुरा पासमा भएको मनाङ एयरको ९ एनए–एमभी  हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।  एक जना बेपत्ता छन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार भट्टराईले हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको बताए । उनले ५ जनाको मृत्यु भइसकेको जानकारी दिए । एक जनाको अवस्था भने अज्ञात रहेको उनले बताए ।
हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए ।
लाम्जुरामा भएको दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ । स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here