सोलुखुम्बु ।। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ । बिहान १० बजेर १० मिनेटमा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्।
‘च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्, ६ जना व्यक्ति चढेका रहेछन्’ कार्कीले भनिन् ।
हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकोप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेका लुक्ला विमानस्थलका एटिसि अफिसर सागर कँडेलले जानकारी दिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












