काठमाडौँ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा भावुक भएका छन् । आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिन संसदमा सम्बोधन गरिरहेका उनले आफ्नी छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहालको सम्झना गर्दै भावुक भएका हुन् ।
उनले सरदार प्रीतम सिंहले आफ्नी छोरी ज्ञानु दाहाल बिरामी हुँदा सहयोग गरेको उनले बताए । उनले सम्बोधनका क्रममा आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गरे ।
‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उनले प्रश्न गरे, ‘मेरो राजीनामा मागियो । किन तीन दिन संसद अवरुद्ध गरियो ?’
विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ? भन्दै उनले प्रश्न गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here