प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे अवरोध गर्दै आएकाे सङ्घीय संसदका दुवै सदनको बैठक आजदेखि हट्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूकाे बैठकमा सहमति जुटेपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले सङ्घीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् ।
सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग सम्वाद गर्न आज बिहान सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले आग्रह गरेका थिए । सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थिए ।
यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अपराह्न ३ बजेका लागि सारेका छन् । आजकाे बैठकमा प्रधानमन्त्री दाहालले विवादमा रहेकाे विषयबारे स्पष्ट पार्ने छन् ।
संसद् अवरोध हट्याे,प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।