विराटनगर ।। कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली कांग्रेसबाट एक जनाले मन्त्री पदको सपथ ग्रहण गरेका छन्।
विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार भएको सपथग्रहणमा माओवादीबाट जीवन आचार्य, राजेन्द्र गौतम र कांग्रेसबाट रामकुमार खत्रीले शपथ ग्रहण गरेका हुन्।
यससँगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा मुख्यमन्त्री थापासहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।
पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका हुन्।
त्यसैगरी, गौतम र खत्री भने विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका छन्।
शुक्रबार मुख्यमन्त्री थापाले सपथ ग्रहण गर्दा कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमलप्रसाद जगेबु रहेका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here