राैतहट ।। रौतहट र बारा जिल्लाको २२ बिद्यालय मध्ये १३ विद्यालयलाइ थ्री स्टार अवार्डबाट प्रदान गरिएको छ ! यूनिसेफ को आर्थिक सहयोगमा संचालित विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अंतर्गत छाया नेपाल र पीपीसी धनुषाले आयोजना गरेको समीक्षा तथा पुरस्कार वितरण कार्यक्रममा रौतहटको चंद्रपुर नगरपालिका ,यमुनामाई गाउँपालिका र बारा जिल्लाको जीतपुर सिमरा उपमहा नगरपालिका र बारागढ़ी गाउँपालिकाका २२ विद्यालय मध्ये १३ बिद्यालयलाइ थ्री स्टार , ९ विद्यालयलाइ टु स्टार अवार्ड प्रदान गरिएको हो !

विद्यालयमा पढ़ने बालबालिकालाइ स्वास्थ्य बनाऊंनका लागि सरसफाई तथा स्वच्छता राख्ने उदेश्यले यूनिसेफ ले सञ्चालन गरेको विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अंतर्गत निर्धारण गरिएको सूचक पुरागरेको ५ विद्यालयलाइ नगद सहित अवार्डबाट सम्मानित गरिएको आयोजक सस्था छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले जानकारी दिएका छन ! एक वर्षको अवधिमा कार्यक्रम सञ्चालन पछि भएको परिवर्तनलाइ मूल्याङ्कन गर्दा रौतहटका चंद्रपुर नगर पालिका २ जुड़िबेलामा रहेका श्री माध्यमिक विद्यालय उत्कृस्ट पहिलो स्थान प्राप्त गरेका छन !

पहिलो स्थान प्राप्त गरेका विद्यालयलाइ नगद ३५ हजार दिइएको छ ! दोस्रो स्थान प्राप्त गरेका बारा कंचनपुरमा रहेका नेपाल राष्ट्रिय विद्यालयलाइ नगद २० हजार , तेस्रो स्थान प्राप्त गरेका जनता आधारभूत विद्यालय पिपरा बारालाइ १५ हजार , चौथो स्थान प्राप्त गरेका महेन्द्र माध्यमिक विद्यालय रैयाटोल बारालाइ १० हजार तथा पाँचौ स्थान प्राप्त गरेका जगदम्बा विद्यालय जेठरहिया रौतहटलाइ नगद ५ हजार पुरस्कार दिइएको आयोजक सस्था पीपीसी का अध्यक्ष कमलेश मण्डलले जानकारी दिएका छन !

चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा आयोजक सस्थाका वास्को क्षेत्रमा काम गर्ने कर्मचारी मनोज पटेल , दिनेश भगत , सुदीप मण्डल , आशीष कुमार सिंह ,राम महर्जन र राजेश साहलाइ प्रमाण पत्रबाट सम्मानित गरिएको छ ! कार्यक्रममा सम्वोधन गर्दै उपप्रमुख चौधरीले चन्द्रपुरमाँ रहेका विद्यालयमा कार्यक्रमको निरंतरता दिने प्रतिवद्धता जनाएका छन !

स्वास्थ्य रहनको लागि सरसफाई र स्वच्छता अपरिहार्य रहेकोले विद्यालयमा सरसफाई र स्वच्छता कायम राख्न सम्वन्धित विद्यालयका प्राध्यानध्यापकहरुलाई निर्देशन समेत दिए ! बारागढ़ी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी देवी यादवले यूनिसेफले ल्याएको कार्यक्रमबाट विद्यालयमा परिवर्तन देखिएकोले कार्यक्रमलाइ निरंतरता दिन आग्रह समेत गरे ! विद्यालयमा सरसफाई स्वच्छता तथा सुद्ध खानेपानी वालबालिकाको लागि आवश्यक रहेकोले कार्यक्रम सञ्चालन गरिएको यूनिसेफका बोधनरायण श्रेष्ठले बताए !

बाल मैत्री ,लैंगिक मैत्री अपांग मैत्री खानेपानी , चर्पी र साबुन पानीले हाथ धुनें सुविधाहरुको निर्माण , बार्षिक कार्य योजना निर्माण र कार्यान्वयन लगायत मुख्य कार्य गर्ने योजना कार्यक्रमको रहेको जानकारी श्रेष्ठ दिए दिए ! कार्यक्रममा ४ स्थानीय तहका निर्वाचित जनप्रतिनिधि , विद्यालयका प्राध्यानध्यापक ,शिक्षक ,शिक्षिका , बाल कल्व का विद्यार्थीहरु सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here