रौतहट ।। रौतहट जिल्लामा कुपोषित हुने बाल बालिकाको संख्या बढ्दो क्रममा रहेका छन ! स्वास्थ्यको क्षेत्रमा संघ सस्थाले काम गरेपनि रौतहटमा कुपोषणको शिकार हुने बालबालिकाको संख्या न्यूनीकरण हुनुको साटो बढ्दै गएको हो !

जिल्ला जनस्वास्थ्य कार्यालयको २०७८/०७९ को तथ्यांक अनुसार स्थानीय तहको संरचना हुनु भन्दा पहिला देखिएको तथ्यांक भन्दा बढ़ी अहिलेको तथ्यांक रहेको कार्यालय प्रमुख सुरेश यादवले बताएका छन ! प्रमुख यादवको अनुसार आर्थिक बर्ष २०७६/०७७ माँ कुपोषित बालबालिकाको संख्या २९१ रहेको थियो !आर्थिक वर्ष २०७७/०७८ मा ३५६ देखिएको संख्या आर्थिक वर्ष २०७८/०७९ मा ५३७ पुगेकोले संख्या प्रति बर्ष बढ्दै गएको छ ! स्थानीय तहमा स्वास्थ्यलाइ समावेश गरेको कारण स्थानीय तहले समयमा स्वास्थ्यको क्षेत्रमा निगरानी नबढाएको कारण यस्तो अवस्थाको सृजना भएको उहाको कथन रहेको छ !

जिल्ला जनस्वास्थ्य कार्यालयको मातहतमा स्वास्थ्य कार्यालय रहेको बेला अनुगमन निरिक्षण तथा कार्यवाही गर्ने अधिकार जिल्लालाइ रहेको थियो तर अहिले स्थानीय सरकारको जिम्मा गएकोले निरिक्षण अनुगमनको कार्य प्रभावकारी हुन नसकेको अवस्था रहेको उहाले बताए ! आर्थिक वर्ष १०७७/०७८ मा बर्थिंग सेन्टरमा प्रसूति गराउन जाने गर्भवती महिलाहरुको ५७ प्रतिशत रहेको थियो भने त्यों प्रतिशत घटेर आर्थिक बर्ष २०७८/२०७९ मा ५२ प्रतिशत पुगेको छ !

६ देखि २३ महीना सम्मको बालबालिका ४२ प्रतिशतले मात्र बाल विटा खाएको तथ्यांक रहेको छ ! ५८ प्रतिशत बालबालिका बाल वीटा बाट बंचित रहेका छन ! कुपोषित पछि निको भएको बालबालिका ९३ प्रतिशत रहेको छ ! ४ पटक स्वास्थ्य सस्थामा गएर गर्भ चेकजाच गराउने महिलाको प्रतिशतमा कमी देखिएको छ ! आर्थिक बर्ष २०७७/०७८ मा ४७ प्रतिशत थियो भने आर्थिक बर्ष २०७८ /०७९ मा ३९ प्रतिशत देखिएको छ ! परिवार नियोजनका अस्थायी साधन १३ हजार ८ सय २ जनाले प्रयोग गरिरहेका छन !

बार्षिक प्रतिबेदनका अनुसार डिपो ५ हजार ४ सय ९२ , आई यु सी डी १९० , इम्प्लांट १ हजार ५ सय ३० ,पिल्स ३ हजार ४ सय ७१ तथा कंडम ३ हजार १ सय १९ ले प्रयोग गरेको छ ! स्वास्थ्य , शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार ल्याउनको स्थानीय सरकारले बढ़ी बजेट लगानी गर्नु पर्ने देखिएको छ ! बजेटको कार्यान्वयन प्रभावकारी ढंगबाट नगरे सम्म रौतहटको शिक्षा र स्वास्थ्य को अवस्था सुधार हुन नसक्ने अवस्था रहेकोले यस तरफ स्थानीय सरकारका प्रमुखहरुले गंभीर रुपमा ध्यान दिनु पर्ने छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here