महोत्तरी ।। महोत्तरीमा एनएमबि बैंकबाट दिनदहाडै रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।
महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।