रौतहट ।। १६ औँ गणतन्त्र दिवस गौरमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौरको क्रान्तिद्वारमा नेपालको राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस मनाएका छ्न। संविधानसभाबाट विंस २०६५ जेठ १५ गतेको दिन जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको हो ।
नगरप्रमुख शम्भु साह ,उपप्रमुख शैल देवि साह ,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र ,प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, वीर दल गण का प्रमुख सेनानी गंगा बहादुर बिष्ट, अनुसंन्धान प्रमुख चन्दन झा, नगर प्रवक्ता अर्जुन सिंह लगायत नगरका वडाअध्यक्षहरुको साथै विभिन्न बिधालयका प्रधानाध्यापक एवम विद्यार्थी हरुको उपस्थिति रहेको थियो ।

गणतन्त्र दिवसका अवसरमा नगरप्रमुख साहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नगरप्रमुख साहले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
