रौतहट ।। प्रादेशिक अस्पताल गौरले सेटिंगको आधारमा कुरुवा भवन निर्माणको टेण्डर निकालेको रहस्य खुलेको छ ।
जनता समाजबादी पार्टी नेपालका प्रदेश सदस्य समेत रहेका प्रादेशिक अस्पताल गौरका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख अनवर हासमीले मेडिकल सुप्रीटेंडेंट डाक्टर मुरारी ठाकुर र लेखपाल जीतेन्द्र यादवको मिलोमतोमा अस्पतालको कुरुवा घर निर्माण सम्बन्धी दरभाउको गोप्य टेण्डर गरेका हुन ।
प्रादेशिक अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष समेत रहेका हासमीले आफ्नो नजिकका एक व्यक्ति जसको प्रत्रिका जिल्लामा प्रकाशन हुदैन त्यसलाई सुचना प्रकाशनको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालयमा जेष्ठ ८ गते सुचना टॉसको पत्र पठाउदा रहस्य बाहिरिएको हो ।
अस्पतालको लाखौ लाख रकम अनियमितता गरेका हासमी माथि मधेश प्रदेश सरकारका मुख्यमंत्री सरोज यादवले पार्टीका कार्यकर्ताको नाताले कÞानूनी कार्यवाही नगरे पछि हासमीको मनोवल बढेको हो ।
अस्पताल निरिक्षण गर्न मुख्यमंत्री यादव आउदा अस्पतालको १६ लाख अनियमितता भएको कुरो बाहिरिए पनि पार्टीको नाताले हासमी माथि कÞानूनी कार्यवाही नगरेकोले अस्पताल जस्तो सम्बेदनशील सस्थामाँ भ्रस्टाचार गराउन सहयोग गरेको स्थानियहरुको टिपण्णी रहेको छ ।
हासमी अध्यक्ष बने पछि अस्पतालमा अवैधानिक न्युक्ति गर्ने कार्य बढ़ी भएको अस्पताल सञ्चालन समितिका एक सदस्यले बताएका छन । सामाजिक विकास राज्य मंत्री र मुख्यमंत्री एउटै पार्टीको भएको नाताले अध्यक्ष हासमी ले अवैध रुपमा कार्य गरेको पाइएको छ ।
भतीजो विबाहमा अस्पतालको गाडीको दुरूपयोग गर्ने हासमिले भवन निर्माणमाँ सेटिंगको आधारमा टेण्डर गोप्य गरेर अनियमितता गर्न खोजेको स्थानीयले बताएका छन ।
भवन निर्माण को गोप्य टेण्डर हासमीको नजिक बस्ने एक व्यक्तिलाइ नै दिइएको बुझिएको छ । प्रादेशिक अस्पतालका स्टोर कीपर रामआश्रे मुखियाले टेंडरको विषयमा जानकारी नभएको बताएका छन । उहाले जिल्ला प्रसाशन कार्यालयमा सुचना टॉसको लागि पत्र दिएकोमाँ सो पठाएको बताएका छन ।
२०७९ साल जेष्ठ ५ गतेमा प्रकाशन गरिएको सुचनाको जानकारी जेष्ठ ८ गतेमा जिल्ला प्रसाशन कार्यालयमाँ पठाउनु नै चलखेल रहेको पुस्टि भएको छ ।
बिना कमिशनको भएको कार्यको भुक्तानी दिन आना कानी गर्ने लेखपाल जीतेन्द्र यादव रौतहट जिल्ला अदालतको लेखा सम्बन्धी कारोबार गर्ने गरेको छ ।
निबेदन दस्तूर १० रुपैया लाग्ने भएपनि रौतहट जिल्ला अदालतमा लेखा फाटमाँ थप १० रुपैया लिएर रसीद काटने गरेको कुरो सामाजिक संजाल मार्फत सार्वजानिक भए पनि सम्वन्धित निकायले लेखपाल यादवलाई सोही लेखा फाटकों जिम्मेवारी दिएको छ ।
विना कुनै कार्यदेशको जिल्ला अस्पताल गौरमा कार्य गर्ने अध्यक्ष हासमीलाइ भुक्तानी गर्ने लेखपाल यादव तथा काउंटरबाट बिना बैंक दाखिÞलाको सीधे १६ लाख खर्च गरेका अध्यक्ष हासमी माथि मुख्यमंत्री यादवले कार्यवाही नगर्नु भ्रस्टाचारको बढ़ावा गर्नु नै रहेको बुझिएको छ ।
अस्पतालका लेखपाल यादवले सीएच खबर नाम गरेको पत्रिकालाइ सुचना दिएको स्वीकार गरेका छन । रौतहटको कुनै पनि सरकारी कार्यालयमा नपुग्ने पत्रिकामाँ सुचना दिनु नै आम नागरिकलाइ सुचना पाउनुबाट बंचित गर्ने उदेश्य देखिएको हुदा पत्रिकाको विषयमा गहन रुपमा छानविन गर्नु पर्ने स्थानीयले मांग गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here