काठमाडाैं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा स्वतन्त्र सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गौरहत्याकाण्डदेखि दरबार हत्याकाण्डको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताएका हुन् । उनले भने,’म चाही के पक्षमा छु भने विगतमा भएका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शीरबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरहत्याकाण्ड केस होस् चाहे त्यो भयानक दरबार हत्याकाण्ड होस् ।’
ती हत्याकाण्डहरू बिर्साउने कोशिस भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसमा सबै गम्भीर हुनुपर्ने बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।