राैतहट ।। राैतहटमा अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । अाज यहाँकाे ३८, ४० डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ । यसबाट जनजीवन प्रभावित भएको छ भने तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय रौतहटले अनुरोध गरेको छ ।
चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम गाैर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।
अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । बजार सुनसान देखिन थालेका छन् ।
चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । गर्मीसँगै लामो खडेरीका कारण यहाँका अधिकांश किसानले धानको बीउ राख्न पाएका छैनन् । अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ ।
अत्याधिक गर्मीले राैतहटकाे जनजीवन प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












