काठमाडाैं ।। विपश्यनाका लागि नेपाल आएका बलिउडका चर्चित अभिनेता आमिर खान ध्यानलाई बीचमा छोडेर भारत फर्किएका छन् ।
१० दिनका लागि आइतबार काठमाडौँमा आएका उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन् । मुम्बईमा साथीको निधन भएको खबर आएपछि ध्यानलाई बीचमा नै छोडेर उनी स्वदेश फर्किएको बताइएको छ । उनी शुक्रवार बिहान १०ः५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।
बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रका सुशील शाहका अनुसार बिदा हुनेक्रममा अभिनेता खानले अर्कोपटक परिवारसहित आउने बाचा गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












