राैतहट ।। रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८० तारकेश्वर नगरपालिका ४ काठमांडू निवासी महिला पत्रकार सृजना कार्की लाइ प्रदान गरिएको छ ।
विहिवार श्रीमती रामा यादव स्मृति प्रतिष्ठान गौर द्वारा आयोजना गरिएको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा कलम चलाउने प्राइम टेलिभिजनमा कार्यरत पत्रकार कार्कीलाइ दिइएको हो ! २६ हजार नगद पुरुस्कार सहित प्रमाण पत्रबाट कार्यक्रमका प्रमुख अतिथि आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।
रौतहट जिल्लामा पहिलो टेलिभिजनको रुपमा स्थापना गरिएको रेड टेलिभिजनका संचालिका रामा यादवको कोरोना संक्रमणबाट २०७८ बैशाख २८ गतेमा निधन भएपछि निजका पति जय प्रकाश यादवले उहाको स्मृतिमा रामा यादव स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको २०७९ को पहिलो पुरस्कार पोखरा महानगर पालिका ९ नया बाजार कास्की की अनिशा जयन्ती श्रेष्ठलाइ प्रदान गरिएको हो ।
पहिलो वर्ष उपस्थित हुन नसक्दा कार्कीलाइ आज पुरस्कारको रकम सहित सम्मान पत्र प्रदान गरिएको प्रतिष्ठानका संयोजक जय प्रकाश यादवले बताएका छन ।
पुरस्कार वितरण पछि कार्यक्रमलाइ सम्वोधन गर्दै प्राधिकरणका अध्यक्ष यादवले मधेश प्रदेशका सवै संचारकर्मीहरुको स्वास्थ्य विमा गरिने बताए ।
स्वास्थ्य उपचारमा सहयोग पुग्ने उदेश्यले आम संचार प्राधिकरणले स्वास्थ्य विमाको कानून वनाएर लागू गर्ने तरखरमा रहेको र यसै आर्थिक वर्षमा कार्यान्वयन गरिने जानकारी गराए ।
आम संचार प्राधिकरणमा दरवन्दि अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्य गर्न जटिल भैरहेको बताउँदै कर्मचारी व्यवस्थापन गर्न मधेश प्रदेश सरकारलाइ आग्रह समेत गरे ।
अध्यक्ष यादवले मधेश प्रदेशका ८ जिल्लामा सञ्चालनमा रहेका रेडियो ,टीभी ,पत्रिका सञ्चालनमा समस्या भएको कारन कतिपय संचार माध्यम बंद भएको विषय चुनौती पूर्ण रहेको जिकिर गरे ।
उहाले भने आर्थिक समस्याको कारण संचार माध्यमको अवस्था दयनीय हुदै गएकोले सवल सक्षम बनाऊंन लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन जरुरी रहेको छ ।
नेपाल पत्रकार महासंघमा आवद्ध भएका पत्रकारलाइ एउटै पेशा अपनाउन आग्रह गरे । अन्य पेशामा रहेकालाइ महासंघको सदस्य्ता नवीकरण नगराउन अपील गर्दै शुद्धिकरण अभियानमा सघाउन सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा , बरिष्ठ पत्रकार प्रभात कुमार झा ,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले रामा यादव स्मृति पत्रकारिता पुरस्कारले महिलाहरुलाई स्वास्थ्यको क्षेत्रमा कलम चलाउन थप ऊर्जा प्रदान गरेको बताएका थिए ।
पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी सृजना कार्की र अनिशा जयंती श्रेष्ठले पुरस्कृत हुन पाउदा हर्षित भएको र यो क्षेत्रमा कलम चलाउन थप उत्साह थपिएको प्रतिक्रिया दिएका छन ।
प्रतिष्ठानका संयोजक जय प्रकाश यादवको अध्यक्षतामा संपन्न भएको सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बूढ़ामगर , सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा लगायत विभिन्न संचार माध्यम बाट आवद्ध संचारकर्मीको सहभागिता रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट महिला पत्रकार कार्की सम्मानित
रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट महिला पत्रकार कार्की सम्मानित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












