मुम्बई ।। बलिउडमा सफलता पाउनका लागि कलाकारले आफ्नो जीवनमा विभिन्न त्याग र परिवर्तन गरेका हुन्छन् । कलाकारको रुपमा परिचित हुन र स्थायीत्व पाउनका लागि उनीहरु आफ्नो नामसमेत परिवर्तन गर्न पछि पर्दैनन् । बलिउडमा त्यस्ता केहि अभिनेत्रीहश्र छन्, जसले सफलता पाउनका लागि आफ्नो नाम समेत परिवर्तन गरेका थिए ।
शिल्पा शेट्टी
शिल्पा शेट्टीको बलिउडमा आउनु अगाडि नाम अश्विनी शेट्टी थियो । शिल्पाले जसै बलिउडमा कदम राखिन्, आफ्नो वास्तविक नाम अश्विनीलाई परिवर्तन गरेर शिल्पा राखिन् । आज उनी यहि नामबाट परिचित छिन् ।
कट्रीना कैफ
अहिले कट्रीना कैफको नामले परिचित अभिनेत्रीको वास्तविक नाम भने भिन्दै थियो । कट्रीनाले पनि बलिउडमा प्रवेश गर्नु अगाडि नै आफ्नो कट्रीना तुर्कोटेबाट परिवर्तन गरेर कट्रीना कैफ राखेकी थिइन् ।
प्रीति जिन्टा
आफ्नो सुन्दरताले बलिउडमा छिट्टै परिचित हुन सफल अभिनेत्री प्रीति जिन्टाको वास्तविक नाम प्रीतम सिंह हो, जसलाई उनले बलिउड प्रवेश अगाडि परिवर्तन गरेर प्रीति जिन्टा राखेकी थिइन् ।
तब्बू
तब्बूको पूरा नाम तब्बसुम फातिमा हाशमी हो । तर उनी बलिउडमा केवल तब्बूको नामले मात्र परिचित छिन् । उनको पुरा नामको बारेमा कम मानिसलाई मात्र थाहा छ ।
रेखा
अझै पनि सुन्दर र पर्दामा सक्रिय देखिने अभिनेत्री रेखाको पुरा नाम भानुरेखा गणेशन हो । यीनले आफूलाई फिल्म क्षेत्रमा केवल रेखाको नामले मात्र परिचित हुन मन बनाएकी थिइन् ।
कियारा आडवाणी
भखर्रै विवाह बन्धनमा बाँधिएकी अभिनेत्री कियारा आडवाणीले पनि बलिउड प्रवेश अगाडि आफ्नो नाम परिवर्तन गरेकी हुन् । उनको वास्तविक नाम आलिया आडवाणी थियो । तर उनलाई सलमानले पहिला नै बलिउडमा आलिया नामकी अभिनेत्री भएकीले बलिउडमा प्रवेश गर्नु अगाडि कियारा नाम राख्न सुझाएका थिए ।
मल्लिका सेरावत
बलिउडमा प्रवेश गर्नु अगाडि मल्लिका सेरावतले पनि नाम परिवर्तन गरेकी थिइन् । उनको वास्तविक नाम रीमा थियो ।
सनी लियोन
सनी लियोनले पनि फिल्म क्षेत्रमा प्रवेश गर्नु अगाडि करनजीत कौर बोहोराबाट परिचित थिइन् ।
नाम परिवर्तन गरेपछि सफलता पाउने यी अभिनेत्रीहरू….
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












