संखुवासभा ।। संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उहाँले बताउनुभयो । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आउनुभएको थियो । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि काठमाण्डाै पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here