सिरहा ।। सिरहाको मिर्चैया नगरपालिकाले घर भत्काइएको विरुद्ध स्थानीयबासीले गरिरहेको आन्दोलनमा गोली चलेको छ। आन्दोलनको क्रममा ५ प्रहरी र दर्जनौं स्थानीयबासी घाइते भएको हो।
बिहीबार स्थानीयबासीले प्रदर्शन गर्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए। आन्दोलनकारीहरूले आफूहरूले उठाएको विषयमा मेयर श्रवण यादवले जवाफ दिनुपर्ने अडान राखेको थियो। मेयर यादव कार्यालय बाहिर नआएपछि आन्दोलनकारीहरुले ढुगांमुढा सुरु गरेको थियो।
त्यही भीडलाई नियन्त्रण गर्न प्रहरीले २७ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले जानकारी गराए। आन्दोलनकारीको ढुगांमुढा र तोडफोडले नगरपालिकाको सवारीमा क्षति पुगेको डीएसपी पाण्डेले सुनाए।
केहीदिन अघि नगरपालिकाले गाउँब्लक जग्गामा रहेको ३७ वटा घरहरु भत्काइएको थियो। जसमा मेयर यादवले सरकारको नाउमा रहेको जग्गा खाली गराइएको दाबी गरेका थिए। तर, स्थानीयबासीले आफूहरू पुस्तौदेखि गाउँब्लक जग्गामा बसोबास गरिरहेको बताएका छन्। आफूहरूको पुनः बसोबास कायम हुनुपर्ने माग गरेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here