काठमाडौं ।। पाँचदलीय गठबन्धनले यही वैशाख ७ गते बारामा चुनावी सभा गर्ने भएको छ । बारा क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनलक्षित सभा आयोजना गरिएको हो ।
बारा–२ अन्तर्गत महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गरिनेछ । सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उमेदवार छन् । उनलाई जिताउने उद्देश्यले सो दिन सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यही वैशाख १० गते बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here