रौतहट ।। रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ५ मा रहेका लक्ष्मीनिया माध्यमिक बिद्यालयबाट माध्यमिक शिक्षा परीक्षा २०७९ अंतर्गत दोस्रो दिनको अनिवार्य नेपाली विषयको परीक्षामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूको नाउमा परीक्षा दिदै गर्दा पक्राउ परेका कमल साह सँगै नगर प्रमुखलाइ कÞानूनी दायरा ल्याइनु पर्ने मांग उठन थालेका छन ।
माध्यमिक शिक्षा परीक्षा कभभ लाइ मर्यादित बनाउनु पर्नेमा परीक्षामा अमर्यादित कार्य गरेको नगरप्रमुख साह लाइ कÞानूनी दायरामा ल्याएर थप अनुसन्धानको कार्य अगाडी बढाउनु पर्ने चौतर्फी प्रहरी माथि दवाव सृजना हुन थालेको हो ।
चैत्र १७ गते देशभरी शुरू भएको कभभ परीक्षा रौतहटमा मर्यादित र शान्तपूर्ण बातावरणमा संपन्न गराउनको लागि शिक्षा विकास समन्वय इकाई रौतहट तथा परीक्षा व्यवस्थापन तथा सञ्चालन समिति रौतहट सक्रियता देखाएपनि नगर प्रमुख साह लाइ पक्राउ गर्न नसकेका कारण प्रहरी माथि सर्व साधारणले तीब्र रुपमा आलोचना गर्न लागेका छन ।
परीक्षामा परीक्षार्थीले अमर्यादित कार्य गर्दा तुरन्त नियंत्रणमा लिएर कÞानूनी कार्यवाही गर्ने नेपाल प्रहरीले आफ्नो साटोमा जवाई लाइ राखेर परीक्षा दिन लगाउने मेयर , त्यों कार्यमा सहयोग गर्ने केन्द्रा अध्यक्षलाइ अहिले सम्म पक्राउ नगर्नु प्रहरीको दोहोरो चरित्र स्पस्ट भएको बौध्दिक बर्गको भनाइ रहेको छ ।
माध्यमिक विद्यालय पथरा बुधरामबाट कभभ परीक्षाको रजिस्ट्रेसन फार्म भरेका मेयर साह ले अहिले नगरपालिकाका मेयरमा निर्वाचित भएपछि आफुलाइ फसाउने सडयंत्र गरिएको भन्दै बहानाबाजी शुरू गरी अनुसन्धानको कार्य लाइ प्रभावित पार्न खोजेको स्थानियहरुको ठम्याइ रहेको छ ।
मेयर साह को करतूत विभिन्न संचार माध्यमबाट बाहिरीए पछि चैत्र २० गते देवाही गोनाही नगरपालिकाको लेटर पैड प्रयोग गरी आफुले परीक्षाको फार्म नभरेको भनी स्पस्टीकरण पेश गरेका थिए ।
विज्ञप्तिमा विना जानकारी फसाउने सडयंत्र गरी पदच्युत गराउने योजना अनुरूप सडयंत्र गरेको जिकिर गरेका छन ।
मेयरको भनाइ कुनै पनि प्रकारले सत्य भन्न सकिने अवस्था नरहेको एक जना शिक्षकले बताएका छन । मेयरमा निर्वाचित भएको ११ महीना मात्र पुगेको र फार्म भरेको करीव २ बर्ष भएकोले सत्य कुरो लुकाउने खोजेको उहाको भनाइ रहेको छ ।
सिम्बोल नम्बर ३५०३७२८ टी भएको प्रबेश पत्रमा मेयर साह को बूबा र आमाको नाम स्पस्ट उल्लेख हुनुको साथै परीक्षार्थीको दस्खत समेत रहेका छन ।
नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका साह माथि कÞानूनी कार्यवाहिकालाइ नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु प्रहरी माथि दवाव बनाउने कार्य गरिरहेका छन भने साह का समर्थकले छुटाउने खेल शुरू गरेका स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ामगरले भने अनुसन्धानमा रहेका मेयरका जवाई कमल साह बाट धेरै कुरो खुलेकोले मेयरलाइ छिटै हिरासतमा लीन सकिने बताएका छन ।
अनुसन्धानको क्रममा अन्य कुरो खुलेकोले कÞानूनी दायरामा मेयर लाइ आउनै पर्ने छन एसपी बूढ़ामगरले भने रजिस्ट्रेशन देखि परीक्षा सम्मको प्रक्रिया छानविन हुने बताए ।
मेयर साह लाइ तत्काल नियंत्रणमा लीन नसकेका रौतहट प्रहरीको विरुद्ध सामाजिक संजाल लगायत सार्वजानिक ठाउमा प्रहरीको चर्को आलोचना भइरहेका छन ।
Home प्रदेश समाचार मधेश प्रदेश मेयर साहलाई पक्राउ गर्न प्रहरी माथि दवाव, छिटै कानूनी दयाराम आउने प्रहरीको...
मेयर साहलाई पक्राउ गर्न प्रहरी माथि दवाव, छिटै कानूनी दयाराम आउने प्रहरीको भनाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।