बारा ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार साँझ कलैया पुगेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बारा पुगेका अध्यक्ष नेपाल भने ’सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन आग्रह गर्दछु’। उनले बारा- २ मा पुगेर राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए । उनले भने बारा-२ मा यादवको जित सुनिश्चित रहेकोपनि बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here