जनकपुर ।। मधेस प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। मधेस प्रदेश सरकारमा रहेका एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई राजीनामा बुझाएका हुन्।
एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी प्रदेश मामिला तथा कानुन मन्त्री, सत्रुधन सिंह कोइरी गृह तथा सञ्चार मन्त्री, मोहम्मद जैद आलम महिला बालबालिका युवा तथा खेलकुद मन्त्री र केव राय गृह तथा सञ्चार मन्त्री भएका थिए।
गत २७ पुसमा एमाले र जनमतको समर्थनमा जनता समाजवादी पार्टीका यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।





