काठमाडाैं ।। चीनका राष्ट्रपति सी चिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङ आउने निम्तो दिएका छन् । तीन दिने भ्रमणमा मस्को पुगेका सीले सोमवार पुटिनसँगको साढे चार घन्टाको कुराकानीका क्रममा पुटिनलाई बेइजिङ आउने निम्तो दिएका हुन् । कुराकानीकै सिलसिलामा सीले अन्तर्राष्ट्रिय कानूनमा आधारित विश्व व्यवस्थाको रखवाली गर्ने बताए । बेइजिङले मस्कोलाई समर्थन गरेको संकेतका रूपमा सीको तीन दिने भ्रमण भएको पश्चिमी सञ्चारमाध्यमहरूले व्याख्या गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्नका लागि चीनले पहल थालेकोमा पुृटिनसँग सीले त्यस विषयमा पनि कुरा गरेको बताइएको छ ।
आफूहरू सम्झौताका लागि सधैं खुला रहेको पुटिनले सीलाई बताए । उनले युक्रेन संकट समाधानमा चीनले ल्याएको योजनाको स्वागत पनि गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here