काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहमतिमा नअडिँदा गठबन्धन तोडिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले एमाले र राप्रपाले सरकार छोड्नुको कारण अझै दिन नसकेको जिकिर गरे ।
“विगतका मतभेदहरूलाई नउठाउने समझदारी गरेका थियौँ । म त्यसमा प्रतिबद्ध भएँ । तर, केही सहयात्रीहरूबाट पालना भएन,” ओलीको नाम नलिईकन उनले भने, “संसद्मा पहिलो दिन नै संसद् विघटनको विषयले प्रवेश पायो । र, त्यसले देशलाई नै तरंगित बनायो ।”
विगतका गल्तीहरूका विषय नउठाउने समझदारी भए पनि ओलीले बिनाप्रसंग त्यो विषय उठाएर उल्लंघन गरेको भन्दै उनले त्यसले नै गठबन्धनमा अविश्वास पैदा गरेको आरोप लगाए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












