काठमाडौं ।। निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ ।
आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो । यसअघि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार बनाउन आग्रह गरेका थिए । अहिले आएर आयोगकै भनाइ पनि बाझिएको छ । नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।
योसँगै उपराष्ट्रपतिमा चार जना उम्मेदवार भएका छन् । अचम्म त के भने जसपाबाटै दुई जनाको उम्मेदवारी छ । जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी कायम छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here